माधव कुमार नेपालको अभिव्यक्तिले राष्ट्रिय राजनितीमा खलबल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माधव कुमार नेपालको अभिव्यक्तिले राष्ट्रिय राजनितीमा खलबल

madhav kumar nepal

काठमाडौं, १६ असोज । यतिबेला नेपाल कम्युनिष्ट पाटिका बरिष्ठ नेता माधव कुमार नेपालको अभिव्यक्तिले राष्ट्रिय राजनितीमा एक तरङ्ग ल्याएको छ ।

बिहिबार सरकारको दोस्रो अधिवेशन सकिने अन्तिम समयमा सत्तासिन दलकै बरिष्ठ नेताले सरकारको कामकारबाहि प्रति असन्तुुष्टि जनाउदै दिएको कडा अभिव्यक्तिले सरकार र स्वंयम् नेपाल कम्युुनिष्ट पाटिभित्रै खैलाबैला मच्चाएको हो । बरिष्ठ नेता नेपालले बलात्कार , एसीड आक्रमण, भष्ट्राचार लगायतका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको भए पनि सरकार लाचार बनेर हेरिरहेको भन्दै सरकारप्रति आक्रमक देखिए । देश विखण्डनकारी अभिव्यक्ति दिनेहरु खुुलेआम हिँड्दा गृहमन्त्रालयले केहि गर्न नसकेको उँनको आरोप थियो । प्रधानमन्त्री,गृहमन्त्रीको भुमिका र सरकारको अन्य काम कारबाहिले शिर ठाडो पारेर हिड्न नसकेको नेपालकोे गुुनासो थियो ।

हुुनत देशमा भएको बेथितीप्रति सरकारको ध्यानाकर्षण गराउनुुलाई सकारात्मक नै मान्न सकिन्छ तर पाटि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश नभएका बेला सत्तासिन पाटिकै जिम्मेवार नेताले दिएको खरोे अभिव्यक्तिले विभिन्न टिकाटिप्पणी पाएको हो । नेता नेपालले आफ्रनै पाटिका ओली नेतृत्वको सरकारलाई कटाक्ष शैलीमा असफल देखाएपछीे आन्तरीक रुपमा गर्न सकिने छलफल लाई नेता नेपालले संसदसम्म ल्याएको बुुद्धिजिबीहरु बताउछन् ।

नेता नेपालको अभिव्यक्ति चर्चाको विषय मात्र भएको छैन यसले पाटिभित्रका अन्य नेता कार्यकर्ता लाई पनी पक्ष र विपक्षमा उभ्याएको छ । प्रधानमन्त्री ओलीले पनी तत्कालै नेता नेपाललाई विदेशबाटै जवाफ र्फकाउनुु ले दुुई नेताभित्रको आन्तरिक लडाई पनी प्रस्टाउछ । कतिपयले नेता नेपाल अन्र्तराष्ट्रिय जगतबाट प्रेरित भएर यस्तो अभिव्यक्ति दिएको विश्लेषण गरेका छन् भने कतिपयले माधवकुमार नेपालको अभिव्यक्तिलाई जिम्मेवार नेताको राष्ट्रप्रतीको चिन्ता भनेका छन् ।

दुई तिहाईको स्थीर सरकारबाट जनताले ठूलो अपेक्षा राखेका छन् । तर सतारुढ दलका नेताहरु बीचको विवादले जनतामा अपेक्षा पुरा नहुुने आशंका पैदा गराएको छ । त्यसैले सरकार प्रति जनताको विश्वासलाई कायम राख्न नेताहरु जिम्मेवार हुनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);