काठमाडौं, १५ असोज । चाडपर्व नजिकिएसंगै पोखरामा बजार अनुगमनलाई तिब्र पारिएको छ । चाडपर्वका बेला सर्वसाधारण मारमा नपरुन भनि जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, उपभोक्ता अधिकारकर्मी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमन टोलीले पोखरा बजारमा रहेका खाद्य, मिठाई, मासु, पेय पदार्थ, लगायतका पसलहरुको अनुगमन गरेको थियो । महान चाड दशैँ तिहारमा सर्वसाधारणको आवत जावत बढि हुने र उपभोक्ताहरु उपभोग्य सामानहरु किनमेल गर्दा बढि ठगिने भएकाले जिल्ला प्रशासन कार्यालय कास्किले बारम्बार बजार अनुगमन गर्ने गरेको जनाएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ, चामल, दाल, विस्कृट लगाएतका अखाद्यय वस्तुहरु नष्ट गरिएको थियो ।