बारा, १४ असोज । ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालु आर्थिक वर्षको तीन महिनामा १४ लाख २३ हजार ७ सय ६६ राजस्व संकलन गरेको छ ।
सवारी चेक जाँचमा कडाई गरेसंगै तीन महिनाको अवधीमा १४ लाख २३ हजार ७ सय ६६ राजस्व संकलन भएको २ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
ट्राफिक प्रहरीले उठाएको राजश्वमा ओभर लोड भएका सवारी साधनमा चेक–जाँच अभियान लगायतबाट संकलन भएको जनाएको छ । पथलैया ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७४-७५ मा ३ सय ३८ वटा सवारी साधनबाट ३५ लाख ३८ हजार ४ सय ५१ राजश्व संकलन भएको थियो ।
प्रहरी कार्यालयले पछिल्लो समयमा सवारी दुर्घटना बढ्नुमा सडकको जिर्ण अवस्था, ओभर लोड मुख्य कारण रहेको समेत जनाएको छ ।