एजेन्सी, १४ असोज । इण्डोनेशियाको पालु नगर वरपर चार सयभन्दा बढी मानिसको ज्यान जानेगरी गएको भूकम्पपछि शक्तिशाली पराकम्पहरू आउनेक्रम जारी रहेको छ ।
भूकम्प र त्यसपछि समुद्री तट क्षेत्रमा आएको सुनामीका कारण चारसय भन्दा बढीको मृत्यु र पाँचसय भन्दा बढी घाइते भएका छन् । पालु नगरमा भवनका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेका छन्। ज्यान गुमाएका मानिसका शवहरू सडकमा छन् । अस्पताल भवनहरूमा क्षति पुगेकोले घाइतेहरूको उपचार त्रिपालहरूमा भइरहको छ ।