कपिलवस्तु, १३ असोज । विश्व मुटु दिवसका अवसरमा आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा साईकल र्याली निकालिएको छ । ‘साईकल चलाऔं, मुटु स्वस्थ्य राखौं’ भन्ने मुल नाराका साथ जिल्लाको तौलिहवामा साईकल र्याली निकालिएको हो ।
कपिलवस्तु क्याम्पसबाट निस्केको र्याली तिलौराकोट दरबार, गौढीचौक, कुदान, जमुवार र प्रशासन चौक हुँदै बुद्ध पद्धम माबिको खेल मैदानमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा संघ संस्थाका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए । हरेक वर्ष सेप्टेम्बर २९ का दिन अर्थात आजको दिन विश्व मुटु दिवस मनाईने गरिन्छ ।