एसिड प्रहार प्रकरण : शाैचालय जान पनि डर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एसिड प्रहार प्रकरण : शाैचालय जान पनि डर

acid parkaran

नवलपुर, ११ असोज । घर जोडिएको छिमेकीले एसिड छ्यापेपछि नवलपुरको डण्डास्थित हरबासी गाँउ त्रसित छ। सोमबार साँझ छिमेकीको एसिड र छुरा प्रहारबाट स्थानीय वसन्ती परियार घाइते भइन्। यो घटनाका कारण साँझ परेपछि अहिले गाँउ नै सुनसान हुन्छ।

घरबाट निस्कन सबै डराउँछन्। घटना हुनुअघि स्वतन्त्र हिँड्ने किशोरीहरू अहिले साँझ नपर्दै घर पुग्छन्। कावासोती नगरपालिका–१६ स्थित हरबासीका बासिन्दा छिमेकमा भएको घटनाले घरबाट निस्कनै डराउँछन्। महिलाहरू एक्लै हिँड्न छाडेका छन्। स्थानीय किशोरी सपना घर्ती अहिले साँझ परेपछि घरबाट निस्कन डराउछिन। घटनाका कारण डराएर उनी डराएर हजुरआमासंग सुत्न थालेकी छन। अन्य दिनमा साँझमा निर्धक्कसंग हिड्ने सपनाले अहिले त्रसित भएको गुनासो गरिन। कलेज पढेर आँउदा पनि एक्लै आउने उनी आफु असुरक्षित भएको महसुस गरेकी छिन।

कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा पढ्ने सपना झमक्कै साँझ परेपछि घर वाहिर निस्कन डराउछिन। ‘ पहिला साढे सात बजे आउँदा पनि ढुक्क थियो अहिले कलेज सकेर आउदा डर लाग्छ ’ सपनाले भनिन् ‘ अहिले साँझ पर्दा शौचालय जान पनि डर लाग्न थालेको छ ’। सपनाले वसन्तिको छोरा र छोरीलाई नजिकैको जनता माध्यमिक विद्यालयमा पढाउछिन। घटनाका कारण मानसिक त्रासका कारण पढ्न समेत नसकेको उनले बताईन। ‘ पढ्न पनि सकेको छैन, साँझ पर्यो कि डर लाग्ने गरेको छ ’ उनले भनिन् ‘ चिनेकै मान्छेको भर भएन कसको विश्वास गर्ने ’। उनी अघिपछि साँझमा हिड्न डर नहुने साँझ परेपछि घरबाट निस्कन डर भएको बताईन।

हर्दिवासकै २८ वर्षकी शान्ति परियारलाई साउदीमा रहेका श्रीमान नरेश परियारले जोगिनका लागी सचेत गराए। १३ वर्षकी वहिनी , दुई छोराछोरी सहित बस्दै आएकी शान्तिले कसैको विश्वास नभएको बताईन। विहान पाँच बजे काममा निस्कने उनी साँझ सात बजे घर फर्किन्छिन। उनी घर पुग्नु भन्दा पाँच मिनेटको अन्तरमा घटना भएको थियो। यो घटनाले पनि उनी त्रसित छन। ‘ घरबाटै निस्कन डर भएको छ ’ शान्तिले भनिन् ‘ गरिब भएर पनि बाँच्न गारो भएको छ ’।

एसिड प्रहारबाट गाँउकी महिला घाईते भएपछि घटनापछि जम्मा भएका स्थानिय महिला गाँउमा भएपछि यसअघि त्यस वरपर यस्तो घटना भएको थिएन। अहिले गाँउभरी एसिड प्रहारको घटनाको वहस हुने गरेको छ। गाँउका महिला भेला भएर गाँउमै नौलो् घटना भएको कुरा गर्छन। चिनेकै छिमेकीबाट आक्रमण भएपछि नाता छिमेकीबाट डराउनु परेको स्थानिय बताउँछन।

जेठाजुको साथी भएको कारण वसन्तिले एसिड प्रहार गर्ने विमल सिर्पालीलाई जेठाजुको नाता लगाउने गर्थिन। चिनेकै मान्छेबाट भएको घटनाले गाँउले अचम्मित भएका छन। ‘ अहिलेसम्म गाँउमै नभएको घटना भयो। मान्छे वोल्दा पनि लुकेर बस्ने स्थिती आयो ’ ५० वर्षिय स्थानिय खिमा धरेलले भनिन् ‘ गाँउकै दाजुभाईको ब्यवहारबाट छोरी वुहारी जोगाउनै गारो भयो ’।

घटनापछि उनका छोरा ऋतिक हजुरसुवाको घरमा छन भने छोरी रितिसा मामाघर बसेकी छन। आमाको अवस्था वारे कुरा गर्दा ऋतिकको आँखा रसाएको थियो। उनले केही वोल्न सकेनन। गाँउलेहरु आक्रमणकारीलाई कडा कारवाही हुनु पर्ने माग गरेका छन। बजारबाट फर्किदै गरेकी वसन्तिलाई घर नजिकै एसिड प्रहार गरेर चक्कु हानेका छन। घटना गराउने सिर्पालीलाई जिल्ला प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा छन।

२७ बर्षीया बसन्ती परियारको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। छुरा प्रहारबाट करङको हड्डी भाँच्चिएर फोक्सोमा र पेटको आन्द्रामा प्वाल परेको छ। अहिले फोक्सोमा पाइृप हालेर फोक्सोको हावा वाहिर निकाल्ने काम भएको छ। आन्द्रालाई सिलाईएको छ। वसन्तिलाई भेन्टिलेटरबाट भने निकालिएको छ।

भरतपुर अस्पतालका सर्जन डा. सुरेश प्रधानले पूर्णरुपमा खतरामुक्त नभएपनि अवस्था सुधारिएको बताए। ‘ अहिले नै खतरामुक्त भन्ने अवस्था छैन ’ डा. प्रधानले भने ‘ तर उपचारको क्रममा उनको सुरुको अवस्था भन्दा अहिले निकै सुधार भएको छ ’। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);