यातायात भाडा वृद्धिको बिरोधमा अनेरास्वबियूको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

यातायात भाडा वृद्धिको बिरोधमा अनेरास्वबियूको प्रदर्शन

aneraswobiyu

काठमाडौं, ९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक बिद्यार्थी संगठन अनेरास्ववियूले यातायातमा १० प्रतिशत भाडा बढाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।

अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलमा प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो । दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले यातायातमा भाडा बढाउनु गलत भएको अनेरास्वबियूका नेताहरुले बताए ।

अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको विरोध प्रर्दशनमा दुई तिहाई बहुमतको लोकप्रिय सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो । उनीहरुले सरकारलाई जन अपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);