बुटवल, ७ असाेज । सार्वजनिक सवारीमा भाडादर वृद्धिगर्ने सरकार र यातायात व्यवसायीहरुको सहमति भएपनि बुटवलवाट संचालन हुने सवारी साधनले भने पुरानै भाडादरमा सवारी साधन संचालन गर्ने भएका छन ।
सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा यातायात व्यवसायिहरुको विरोधपछि सरकारले भाडादर सामायोजनको निर्णय गरेको थियो । बुटवलका यातायात व्यवसायीले भने इन्धनको मुल्य बृद्धि भएपनि पुरानै भाडा दरमा सवरी सञ्चालन गर्दै आइरहेका छन ।
सरकार र यातायात व्यवसायीका वीचमा भएको सहमतिको औपचारीक पत्र नआउदा आफूहरुले पुरानै भाडादरमा सवारी साधन संचालन गर्नुपर्दा समस्या परेको व्यवसायीहरुले बताएका छन ।
इन्धनमा बढेको मूल्यका तुलनामा निकै बढि मात्रामा यातायातको भाडा बढाउदै आएका यातायात व्यवसायीहरुले पत्र नआउदासम्मका लागि मात्रै भएपनि पुरानै भाडादरमा यातायात संचालन गर्दा यात्रुहरुलाई राहत पुगेको छ ।