ललितपुरमा कुहिएकाे मासु बेच्ने ४ अाेटा पसलमा शिलबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

ललितपुरमा कुहिएकाे मासु बेच्ने ४ अाेटा पसलमा शिलबन्दी

pashubadushala

काठमाडौं, ५ असोज । सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्रिवितरणमा प्रतिवन्ध लगाएको छ ।

स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको हो । बधशालाहरुले सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर भैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्रि वितरणमा रोक लगाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले मानव स्वास्थ्यका हिसावले उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको बताए । अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);