दिल्लीमा नेपाल–भारतका प्रतिनिधि मण्डलबीच वार्ता जारी, ७ विषयमा सम्झौता हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको दोस्रो दिन आज बिहीबार विभिन्न भेटघाट महत्वपूर्ण विषयमा समकक्षी मोदीसँग सम्झौता हुने भएको छ।

 

मध्याह्न नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच वार्ता सकिसकेको छ। दुई देशका सरकार प्रमुखसहित उच्च अधिकारी सहभागी रहेको वार्तामा विभिन्न सात विषयमा छलफल भएको बताईएको छ। छलफलपछि सम्झौता पत्रमा हस्ताक्षर हुने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

 

भारतले भूकम्पपछिको पुनर्निर्माणमा सम्बन्धित ४ ओटा सम्झौताका लागि थप सहयोग सहित नेपाललाई जम्मा २ खर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने जनाइएको छ।

 

दुई देशका प्रतिनिधि मण्डलस्तरीय बैठकमा पञ्चेश्वर परियोजनाका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र नेपाली सीमासम्म रेलवे निर्माणबारे पनि छलफल हुँदैछ।

 

भारतले नेपाललमा आफ्नो लगानीबाट निर्माण गर्न चाहेको ठूलो योजनाको पनि घोषणा गर्ने तयारी गरिरहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);