विराटगर, ४ असोज । भारतको जोगबनी बजारमा सस्तोमा सामान पाउन थालेपछि विराटनगरका पसलहरुमा चहल पहल घट्न थालेको छ । सर्वसारधणहरु घरायसी सामान देखि लत्ता कपडा समेत जोगबनी बजारमा पुगेर खरिद गर्न थालेपछि विराटगरका पसलहरुमा चहल पहल घट्न थालेको हो ।
विराटनगरमा दैनिक रुपमा ब्यापार घाटा हुनुको मुख्य कारण भारतीय बजार जोगबनी भएको स्थानीय ब्यापारीले बताएका छन् । मानिसहरु ससाना सामान खरिद गर्न पनि सिमान नजिकैका भारतका बजारमा जान थालेपछि व्यापार व्यवसाय चौपट भएको छ ।
चार्डपर्वको मुखमा ग्राहकको प्रतिक्षामा दिनभर आशा गरेर बस्नु परेको स्थानियहरुले गुनासो गरेका छन् । यस्तै अवस्था रही रह्यो भने व्यवसाय बन्द गरेर घरवस्नु पर्ने वाहेक विकल्प नभएको व्यापारीको भनाई छ ।
भारतबाट भित्रने माल सामानलाई स्थानीय प्रसासनले नियन्त्रण गर्न नसकेपछि आफुहरुको व्यापार व्यवसायनै धरासाय भएको व्यापारीले बताएका छन् । यस विषयमा स्थानिय सरकारलाई पटक पटक जानकारी गराउँदा समेत सुनुवाई भएको छैन । स्थानीय सरकार बनेपछि बिराटनगरका ब्यावसायीमा खुशि आउने आशा गरिएपनि आशा निराशामा परिणत भईसकेको व्यापारीहरु बताउँछन् ।
पछिल्लो समयमा भारतीय बजारमा नेपाली ग्राहको संख्या वढ्न थालेपछि मालसामान समेत विराटगरका घर–घर सम्म होम डेलिभरी हुन गरेको छ । जसका कारण बजारमा खुलेका ठुला सपिङ मल समेत प्रभावीत हुने देखिएको छ ।