नेकपा अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण सफल भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरेका छन् ।

बुधबार राती चीन भ्रमणबाट फर्कदै गर्दा विमानस्थलमा पत्रकारहरु सँग चिन प्रस्थान गर्दा लिएको उद्देश्य पुरा भएको भन्दै भ्रमण सफल भएको दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण पार्टी पार्टी बीच र सरकार सरकार बीच सम्बन्ध बिस्तार गर्न सफल भएको बताएका हुन् । दुवै देशमा कम्युनिष्ट पार्टीको सरकार दुवै सरकारको लक्ष्य बिकाश र सम्वृद्धि भएकोले बिकाश सहायतामा समान बुझाइ बनेको बताएका हुन् ।

संबिधान दिवश सम्पूर्ण देशले मनाउन सकेन नि भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले अब संबिधान कार्यान्वयनको प्रक्रिया धेरै अगाडी बढी सकेकोले सानातिना असन्तुष्टि प्रजातन्त्रमा गहनाको रुपमा हुने टिप्पणी गरे । नेकपा अध्यक्ष प्रचण्डले चीन भ्रमणमा चिनिया कम्युनिष्ट पार्टीका ठुला साना सबै नेताहरु सँग भेट गरे पनि राष्ट्रपति सी जिंग पिंग संग भेट हुन सकेन । अध्यक्ष प्रचण्डले नेपाल फर्कनु अघि चीनको च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्रा्ष्ट्रिय शान्ति स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);