काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण

trishuli pappu

गोरखा, ४ असोज । गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन् ।

ठेकेदार कम्पनीले पुल निर्माणका लागि नदीपारि सामग्री लैजान समस्या भएको बताएपछि पुल महाशाखाले बेलिब्रिज बनाइदिन लागेको हो । पृथ्वी राजमार्गको दारेचोकबाट गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमा निर्माणाधीन उक्त पुल गत माघमा सम्पन्न हुने सम्झौता भएको थियो । समयमै काम नसिध्याउने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा सडक डिभिजनअन्तर्गतको पुल महाशाखाले बेलिब्रिज बनाएर आयोजनाको म्याद थप्न लागेको हो ।

एघार किलो–छेवेटार–भालुस्वाँरा–बारपाक सडक आयोजनाका प्रमुख अमृतमणि रिमालले भने, ‘ठेकेदारले अब एक वर्षभित्र काम सिध्याउँछु भनेकाले बेलिब्रिज बनाइदिन लागेका हौं ।’ ठेकेदारले बेलिब्रिज नभए काम गर्न नसक्ने जबाफ दिएको उनले बताए । उनले भने, ‘काम नहुनु भन्दा पुल महाशाखाको बेलिब्रिज ल्याएर हालिदिँदा काम गर्छ कि भनेका हौं, ठेक्काको समय थपिने पक्का छ।’ आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);