सोमबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य वढ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

सोमबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य वढ्यो

nepal aayal nigam

काठमाडौं, २ असोज । गएराती देखि लागुहुनेगरि पेट्रोलियम पदार्थको मूल्य पूनः समायोजन भएको छ ।

भारतीय आयल निगमले आइतबार नयाँ मूल्य सूची पठाएपछि निगमको मासिक घाटा १ अर्ब नाघ्ने देखिएकाले इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ । सोमबार मध्यरात १२ बजेबाट लागु हुने नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ । मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १ सय १४ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य १ सय १ रुपैयाँ प्रतिलिटर पर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

समायोजन पश्चात् पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९१ पैसा, डिजेलमा २ रुपैयाँ ७२ पैसा प्रतिलिटर तथा ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ ७९ पैसा घाटा रहेको नेपाल आयल निगमले जनाएको छ । पछिल्लो दिनमा अन्तराष्ट्रिय बजारमा पेट्रलियम पदार्थको मूल्य बढेको, डलरको विनिमयदर पनि बढेका कारण पनि भारतमा बजारमा तेलको मूल्य बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);