जोखिमपुर्ण रुपमा पुराना डुगाहरु संचालनमा | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

जोखिमपुर्ण रुपमा पुराना डुगाहरु संचालनमा

boat

राकेश यादव,
रौतहट, ३१ भदौ । रौतहटको लालबकैया र बागमती नदीमा बर्षौ अघिदेखि जोखिमपुर्ण रुपमा पुराना काठका डुगाहरु संचालन हुदै आएका छन ।

न्यूनतम सुरक्षाको मापदण्ड समेत नअपनाइ त्यस्ता डुगाहरु संचालन गर्दा बेलाबेलामा पल्टिएर मानिसको ज्यान समेत जाने गरेको छ । तर उक्त घाटमा निमार्णधिन पुल समयमा नबन्दा स्थानिय बासिन्दाहरु जोखिम मोलेरै भएपनि दैनिक काठमा पुराना डुङगामा वारपार गर्न बाध्य छन् ।

बागमती नदीको रमौली, समनपुर,टोकार, धमरपुर,हरैया, बडहर्वा, गढौ, पिपरा,लक्ष्मिपर, बसतपुर, कडवाना लगाएतका घाटमा बर्षौ अघिदेखि काठका डुगाहरु संचालनमा रहेका छन । तर डुङगा चालकहरु सामान्य तालिम प्राप्त समेत छैनन् । तात्कालिन जिल्ला बिकास समितीले ति घाटहरुमा डुगा संचालनका लागी ठेक्काहरु लगाउदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले घाटहरुमा डुगाहरुको अवस्थाका वारेमा तथ्याक संकलन गर्दा उनिहरुमा सामान्य सुरक्षाको बारेमा समेत जानकारी नभएको पाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । जसका कारण यँहा वर्षेनि डुङगा दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको छ । बागमती नदी र लाल बकैया नदिमा निमार्णधिन पुलहरु समयमा नबनेका कारण नदि छेउका करीब २० वटा गाउका स्थानियहरु डुङगाबाट जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

नदिमा पानि बढे पछि ससाना छोरा छोरीहलाई समेत लिएर डुगांमा यात्रा गर्नु पर्दा धेरै नै जोखिमपुर्ण हुने स्थानिय प्रमिला देवि दासले बताउछन । बागमती नदीको समनपुर, बडहर्वा, धरमपुरमा र लालबकैया नदीको टिकुलियाघाटमा पक्कीपुल निमार्ण गर्न लागिएको भएपनि निमार्ण कार्य ढिला भएकाले रौतहट तथा सर्लाहीका नागरीकहरु जोखिमपुर्ण तरीका बाट डुगामा यात्रागर्न बाध्य छन । डुगामा कति यात्रु राख्ने , कति समान राखेर चलाउने भन्ने कुनै मापदण्ड छैन । काठका पुराना डुगाहरुमा क्षमता भन्दा बढी यात्रु तथा समानहरु राखेर संचालन गरेको पाइन्छ ।

यहाँ डुगामा मोटरसाइकल, साइलक लगाएत घास, दाउरा, चौपाया राख्ने र मानिस समेत चढाएर डुगा चलाइन्छ । यहा सर्लाही जाने तथा रौतहट आउने सयौ मानिस डुगा बाट नै आवतजावत गर्ने गर्दछन ।

स्थानिय वासीलाई नदि वारपार गर्ने साधनका रुपमा डुंगाकै प्रयोग गर्नुपर्ने वाध्यात्कम अवस्था रहेकोले सम्वन्धित निकायले यसलाई कसरी सुरक्षित वनाउने भन्ने वारेमा पनि वेलैमा ध्यान दिन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);