पार्टी एकतालाई सुदृढ बनाउन ओली प्रतिबद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

पार्टी एकतालाई सुदृढ बनाउन ओली प्रतिबद्ध

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टी एकतालाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी एकतालाई कमजोर पार्न देशी, विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी गर्दै त्यसबाट सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

पोष्टबहादुर बोगटी चौंथो स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बोगटी जस्ता महान योद्धाको सपनालाई पूरा गर्न पार्टी एकतालाई सुदृढ ढंगले निष्कर्षमा पु¥याएर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई कमजोर बनाउन दुई अध्यक्षबीच अन्तरविरोध चर्काउने कोसिस भईरहेको भन्दै त्यस्ता प्रयासलाई असफल बनाउने दाबी गरे ।

कार्यक्रममा बोल्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई सुदृढ गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाली जनताको आशालाई पूरा गरेर मात्रै नेता बोगटीको सपना साकार पार्न सकिने स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्षद्धय ओली र दाहालले बोगटीले नै दुई पार्टीबीचको एकताको आधार तयार पारेको भन्दै उनको सपनालाई साकार पार्न देश र जनताको पक्षमा अधिकतम काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेता बोगटीको २०७१ साल भदौं ३० गते हृदयघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष रहेका बोगटीले राष्ट्रिय राजनीतिमा इमान्दार र जनताप्रति प्रतिवद्ध नेताको छबी बनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);