भत्ता पाउन ७० वर्ष उमेर | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

भत्ता पाउन ७० वर्ष उमेर

samajik bhatta

काठमाडौं, ३० भदौ । अब सामाजिक सुरक्षा भत्ता पाउन ७० वर्ष उमेर पुगेको हुनुपर्ने छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेर कानुनमै तोकिएको हो । दलित र एकल महिलाको हकमा भने ६५ वर्ष उमेर कायम गरिएको छ । सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले अन्तिम रुप दिएको हो । शनिबारको प्रतिनिधिसभा बैठकमा यो विधेयक प्रस्तुत हुँदैछ ।

विधेयकले सामाजिक सुरक्षा भत्ताको उमेर तोकेको थिएन । कतिपय अवस्थामा निर्वाचनको एजेण्डा नै बन्ने गरेको विषयलाई कानुनी रूपमा समय तोकिएको हो । राज्य व्यवस्था समिति सदस्य रेखा शर्माले सामाजिक सुरक्षा प्राप्त गर्ने उमेर तोकिएको बताए । हामीले सामाजिक सुरक्षा भत्ता पाउने उमेर तोकेका छौँ, जसमा दलित र एकल महिलाको हकमा ६५ र अन्यका हकमा ७० वर्ष उमेर तोकेका छौँ शर्माले बताए ।

यसअघि नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उमेर ६५ वर्ष कायम गर्ने निर्णय गरेको दाबी गरे पनि औपचारिक रुपमा प्रमाणीकरण भएको थिएन । यस्तै, विधेयकले सामाजिक सुरक्षा भत्तामा स्थानीय तहमाथि नियन्त्रण राख्ने गरी विधेयक प्रस्ताव गरेको थियो ।

केन्द्रको नीतिअनुसार दिने सामाजिक सुरक्षा भत्ताकै शीर्षकमा थप रकम दिन नमिल्ने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षालाई केन्द्र सरकारको दायित्वमा राख्दै स्थानीय तहलाई कार्यान्वयनको भूमिकामा सीमित गरेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);