तीन किशोरी दस दिनदेखि बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

तीन किशोरी दस दिनदेखि बेपत्ता

bepatta

नुवाकोट, ३० भदौ । नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन। हराउनेमा १८ वर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ वर्षीया सम्झना तामाङ र १७ वर्षकै हसिना भन्ने माया तामाङ छन् । उनीहरु श्रीकृष्ण जन्माष्टमीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए।

जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराए पनि अहिलेसम्म घर नफर्किएको शर्मिलाका बुवा सेम्बरबहादुर तामाङले शुक्रबार बताए। तामाङका अनुसार इलाका प्रहरी कार्यालय खरानीटार र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर बेपत्ता भएकाको खोजी गरिदिन आग्रह गरिएको छ।

जिल्लासँग जोडिएका सबै नाकामा उनीहरुको खोजी भइरहेको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले बताए । तीन किशोरीले बोक्ने गरेको मोबाइलको ‘कल डिटेल’ लिने क्रममा रहेकाले त्यसपछि पहिचानका लागी केही सहज हुने विश्वास प्रहरीले लिएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);