प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने ?

sanghaiya samsadh

काठमाडौं, २८ भदौ । सांसदहरुले कंचनरपुर घटनाको सत्य तथ्य पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले सरकार कञ्चनपुर घटनामा गम्भीर नभएको र अपराधीलाइ जोगाउन लागेको भन्दै आलोचना गरेका हुन् ।

विहिबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद विन्दा पाण्डेले कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना झन् झन् रहश्यमय बन्दै गएको भन्दै अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे ।

सांसद सिता देवी यादव ले महिलाको सुरक्षा नभएसम्म देशको सुरक्षा हुन नसक्ने भन्दै कञ्चनपुर घटनामा जनताको रक्षक प्रहरी नै अपराधिको प्रमाण नष्ट गर्न र अपराधिलाई जोगाउन लागि पर्दा देश कतातिर जादैछ भन्दै प्रश्न गरे ।

सांसद शान्ता चौधरीले बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिए । त्यसैगरी सासंद सुजाता कोइरालाले एक पछि अर्को बालिका बलात्कारका घटना भईरहदा सरकार मौन बसिरहेको भन्दै सरकारको आलोचना गरे ।

सून्य समयमा बोल्ने अधिकांस सांसदहरुले कंचनपुर घटनाका दोषीलाइ सरकारले अहिले सम्म नियन्त्रणमा नलिनुले सरकार र प्रहरीप्रति आशंका पैदा भएको बताएका थिए ।