एजेन्सी, २५ भदौ । सर्वियाका स्टार टेनिस खेलाडी नोवाक जोकोविचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमवार विहान सकिएको फाइनलमा उनले अर्जेन्टिनाका जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै लगातार तेस्रो पटक यूएस ओपन टेनिसको उपाधिमाथि कव्जा जमाएका हुन् । उनले ६–३, ७–६ तथा ६–३ ले सेट आफ्नो पक्षमा पारेका थिए । आफ्नो करियरको १४औं ग्राण्डस्लाम जितेका जोकोविचले पीट सेमप्रसासँग बराबरी गरेका छन् । सेमप्रास र जोकोविच सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन । ३१ वर्षीय जोकोविचले सिजनको शुरुआत भने राम्रो गर्न सकेका थिएनन् ।
जोकोविचले यसअघि सन् २०११ र २०१५ मा उपाधि जितेका थिए । जोकोविचसँग पराजित भएका डेल पोत्रोले सन २००९ मा यूएस ओपनको उपाधि जितेका थिए । पोत्रोमाथि १५ औं जित दर्ता गरेका जोकोविचको ग्राण्डस्लाममा भने यो पाँचौ जित हो ।