डडेल्धुरा, २३ भदौ । सुदुरपश्चिमको पहाडी क्षेत्रको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जिर्ण वन्दै गएको छ । भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको फल्टुडे देखी डडेल्धुराको भातकाँडासम्मको सडक जिर्ण वन्दै गएको हो ।
वर्षा र चिस्यानका कारण कालोपत्रे उप्कीएपछि सडकको अवस्था जीर्ण बनेको हो । सडकको बिचमै खाल्डाखुल्डी पर्न थालेपछि सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।
सडक पुन कालोपत्रेका लागी ठेक्का समेत लागि सकेको छ । अहिलेसम्म स्तरोन्नतीको काम भने अघि बढाएको छैन । सुदुरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासंग जोड्ने मुख्य सडक भएकाले स्तरोन्नतीको काम छिटो सुरु गर्न सर्वसाधरणको माग छ ।




