निर्मलाको बलात्कार पछिको हत्याले प्रहरी संगठन लज्जित : आइजीपी खनाल | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

निर्मलाको बलात्कार पछिको हत्याले प्रहरी संगठन लज्जित : आइजीपी खनाल

कञ्चनपुर, २२ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछिको हत्यामा नालायक नेतृत्वले गर्दा सिंगो प्रहरी संगठनलाई लज्जित बनाएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।

शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकारको संरक्षण एव सुरक्षा नेपाल प्रहरीको जवाफदेही’ भूमिका सम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिने बताएका छन् ।

महानिरीक्षक खनालले निर्मलाको बलात्कार पछि हत्याकाण्डले आफु राम्रोसंग निदाउन नसकेको बताए । घटनापछि कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टलाई निलम्बित गरिएको बताउँदै महानिरीक्षक खनालले दोषि भेटिए जागिरबाटै हटाउने समेत चेतावनी दिए ।

महानिरीक्षक खनालले ईमान्दारितापुर्वक राज्यले दिएको जिम्मेबारी बहन गर्न र नागरिकको सेवामा अहोरात्र खटिन सम्पुर्ण प्रहरीलाई निर्देशन दिए ।

यता शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उच्च स्तरिय छानबिन समितिका संयोजक हरि प्रसाद मैनालीले घटनाको स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए ।

यस्तै निर्मला पन्त हत्याकाण्ड छानबिन समितिले सरकारलाई तीन÷चारदिन भित्रै प्रतिवेदन बुझाउने तयारी समेत गरेको मैनालीले बताए ।