डडेल्धुराको बजारमा सुनको अभाव | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

डडेल्धुराको बजारमा सुनको अभाव

gold-silver

डडेल्धुरा, २२ भदौ । केहि दिन देखि डडेल्धुराको बजारमा सुनको अभाव भएको छ । हिन्दु नारीको महान पर्व तिज नजिकिदै गर्दा बजारमा माग अनुसार आपुर्ती हुन नसक्दा सुनको अभाव भएको हो ।

डडेल्धुरामा दैनिक तिन किलो सुनको आवश्यकता पर्ने गरेको भएपनि माग अनुसार सुनको आपुर्ती नहुँदा ग्राहकहरु मर्कामा परेको अमरगढी सुनचाँदी व्यवसायी संघ डडेल्धुराका अध्यक्ष सुनील घिमिरेले बताए ।

डडेल्धुराका ग्राहकको विकल्पको रुपमा रहेको कैलालीमा रहेको धनगढी वजारमा समेत सुनको अभाव हुँदा ग्राहकहरुलाई झनै समस्या भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);