नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

nepal aayal nigam

काठमाडौं, २१ भदौ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्नेगर्छ । बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ र एलपीजी ग्यासमा २५ रुपैयाँ बढाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको मुल्य ९८ र प्रतिसिलिण्डर ग्यासको मुल्य १ हजार ४ सय पुगेको छ ।

पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकोले मूल्य बढाउनु परेको नेपाल आयल निगमले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);