नेपाली बजारमा अमेरिकी डलरको भाउ आकाशियो | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

नेपाली बजारमा अमेरिकी डलरको भाउ आकाशियो

us doller

काठमाडौं, २१ भदौ । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ ५१ पैसा कायम भएको छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ११ पैसा रहेको छ ।

बुधबारको तुलनामा बिहीबार डलरको भाउ २७ पैसाले महंगिएको हो । गत शनिबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको थियो ।

उक्त रेकर्ड पनि तोड्दै बिहीबार थप कीर्तिमानी कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले जनाएअनुसार अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलरको भाउ बढ्दै गएको हो । डलरको भाउ निरन्तर बढ्दै जाँदा नेपाली अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्ने अर्थविद्हरुले औल्याएका छन् ।