उपसचिवमाथि खुला प्रवेश बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

उपसचिवमाथि खुला प्रवेश बन्द

upashachib

काठमाडौं, २१ भदौ । सरकारले संघीय निजामति प्रशासनमा अबदेखि उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नगर्ने भएको छ।

सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको ‘संघीय निजामती’ सेवाका गठन, सञ्चालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको ‘विधेयक’मा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट प्रवेशमा रोक लगाउन प्रस्ताव गरिएको छ।

विधेयकको दफा ८ को निमाजमती सेवाको पदपूर्ति शीर्षकमा सबैभन्दा बढी उपसचिव र सहसचिवको ज्येष्ठता र आन्तरिक प्रतिस्पर्धाका आधारमा बढुवाद्वारा पदपूर्ति गर्न प्रस्ताव गरिएको छ। खुला प्रतियोगिताबाट हुने प्रवेश बन्द गरी २० प्रतिशत अन्तर सेवा, १० प्रतिशत आन्तरिक प्रतियोगिता र ७० प्रतिशत ज्येष्ठताका आधारमा पदपूर्ति गरिने उल्लेख छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);