स्वीजरल्याण्डले नेपाललाई २ अर्ब आर्थिक सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

स्वीजरल्याण्डले नेपाललाई २ अर्ब आर्थिक सहयोग गर्ने

काठमाडौं, २० भदौ । स्वीजरल्याण्डले नेपाललाई करिव २ अर्ब आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव राजन खनाल र नेपालका लागि स्वीजरल्याण्डका राजदुत इलिजाबेथ भोन क्याप्लरबीच नेपाललाई करिव २ अर्ब आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो सहायता नेपालको श्रमिक प्रवास परियोजनामा खर्च गरिने उल्लेख गरिएको छ । सो आर्थिक सहायता नेपालको ३७ वटा जिल्लामा खर्च गर्ने व्यवस्था पनि मिलाइएको अर्थ मन्त्रालयका सचिव खनालले जानकारी दिए ।

नेपालका लागि स्वीजरल्याण्डका राजदुत क्याप्लरले नेपालको आर्थिक विकासमा टेवा पु-याउन स्विस सरकारले आवश्यक आर्थिक सहायता उपलब्ध गराउँदै आएको स्पष्ट पारे । स्विजरल्याण्डले नेपालको श्रमिक प्रवास परियोजनाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);