पहिरोले एकै घरका ३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरोले एकै घरका ३ को मृत्यु

pahiro

सल्यान, १९ भदौ । अविरल बर्षापछिको पहिरोले घर पुर्दा बाग्चौर नगरपालिका १२, बाफुखोलाका बालाराम डाँगीका ३ छोराछोरीको आईतवार मृत्यु भएको छ ।

मृत्यु भएकामा ८ बर्षीया ललिता, ४ बर्षीया मेनुका र ६ बर्षीय ललित छन् । भैँसी दुहुन गोठमा गएकाले डाँगी दम्पतीलाई केही भएन । प्रहरी नायव उपरीक्षक वीेरेन्द्रबहादुर शाहीका अनुसार पहिरो आउने क्रम नरोकिएकाले समयमै उद्धार हुन सकेन ।

पीडित परिवारलाई बाग्चौर नगरपालिकाकाले खाद्यान्न र रहात सहयोग दिने नगरप्रमुख लोकमान बुढाथोकीले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);