काठमाडौं, १७ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायको छ ।
निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै सम्हाले । नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारेका छन् । बसन्त रेग्मीले १ विकेट लिन सफल भए । ।
अहिले नेपाल जवाफी ब्याटिङ गर्दै छ । तर, वर्षाका कारण अहिले खेल रोक्नु परेको छ । अहिले सम्मको स्थितिमा नेपालले राम्रो सुरुवात गरेको छ । नेपालले ७ ओभर खेल्दै ३४ रन बनाएको छ । सुबास खकुरेलले ८ र अनिल साहले २३ रन जोडेका छन् ।