एजेन्सी, १७ भदौ । लडाकु समूहहरूविरुद्ध कदम चाल्न इस्लामाबाद विफल भएको भन्दै अमेरिकी सेनाले पाकिस्तानलाई दिने ३० करोड डलर सहयोग रद्द गर्ने निर्णय गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल कोन फोक्नरले पाकिस्तानलाई दिने गरिएको रकम अब अरू महत्वपूर्ण प्राथमिकतामा खर्च गर्ने बताएका छन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट अर्बौँ डलर पाएर पाकिस्तानले धोका दिइरहेको आरोप लगाएका थिए ।
गत जनवरीमा अमेरिकी सरकारले पाकिस्तानलाई दिने गेरेको लगभग सबै सुरक्षा सहयोग कटौती गर्ने घोषणा गरेको थियो । अमेरिका र अरूले पनि पाकिस्तानले लडाकु सञ्जालहरूलाई आश्रय दिएको र सीमापारिबाट अफ्गानिस्तानमा आक्रमण गर्न दिएको आरोप लगाउदै आएका छन् ।