३ वर्षमा बन्नुपर्ने पुल ५ वर्षमा पनि बनेन | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

३ वर्षमा बन्नुपर्ने पुल ५ वर्षमा पनि बनेन

राकेश यादव
रौतहट, १६ भदाै । निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सनले रौतहटमा समयमै पुल निर्माण नगर्दा दुर्घटना बढाएको छ । ३ वर्षमा बन्नुपर्ने पुल ५ वर्ष वितिसक्दा पनि नबन्दा दुर्घटना भइ ४ जनाको ज्यानै गएको छ ।

रौतहटको सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमा बन्ने पुल ५ बर्ष बितिसक्दा पनि पिलर मात्रै बनेको छ । शनिवार सांझ निमार्णाधिन पुलको पिलरमा ठोक्किएर भएको डुंगा दुर्घटनामा ४ जनाको ज्यानै गयो । पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन ।

पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयाँमा ठेक्का पाएको थियो । सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते भएको सम्झौता अनुसार काम गर्न पटकपटक पत्राचार गर्दा समेत ठेकेदारले लापर्वाही गर्दै आएको छ।

सडक कार्यालयले चैत ६ गते पुन अर्को पत्र पठाएर काम चित्त बुझदो नभए सार्वजनिक खरिद ऐन अनुसार कारवाही हुने चेतावनी दिंदा समेत ठेकेदारको लापार्वाही यथावतै छ । समयमै पुल नबन्दा बन्जहरा, औरैया, मठिया, जोकाहा, जेठरहियया लगाएतका बासिन्दा पीडित छन ।

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालवालु राउत गद्धीले डुंगा दुर्घटना भएको स्थल तथा अलपत्र पुलको निरिक्षण गरेका छन् । मुख्यमन्त्रीले दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्तहरुसंग भेटघाट समेत गरेका छन् ।

मुख्यमन्त्री गद्धीले प्रदेश सरकारसंग कुनै अधिकार नभएकाले घटनाबारे अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न नसकिएको बताए ।

ठेकेदारको लापर्वाहीले डुंगा दुर्घटना भएर मानिसको ज्यान गएको प्रदेश सभा सदस्य बाबु लाल साहले बताए । नेता साहले समयमै पुलको काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्वाही माग गरे ।

गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले मृतकका आफन्तलाई राहत स्वरुप २५ हजारका दरले सहयोग प्रदान गरेका छन् । उनले पनि ठेकेदारलाई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।

डुंगा पल्टिएर हराएका मध्ये चारजनाको शव फेला परेको छ । दुर्घटना भएको राति २४ जना सम्पर्कमा आएपनि पांच जना हराएका थिए । चारजनाको शव आइतवार र सोमवार गरी फेला परेको थियो ।

गौर ४ टिकुलियाकी ६५ बर्षिया शान्तिदेवी साह र इशनाथ नपा औरयाटोलकी ३५ बर्षिया रुनादेवी पटेल ,गौर ४ की १० बर्षिया वालिका उषमा पटेल यस्तै सोमवार बिहान गौर ४ का १९ बर्षिय ओम प्रकाश चन्द्रबंशीको शव पनि फेला परेको हो ।

गौर नपा ४ की ४५ बर्षिया इन्दुदेवी पटेलको भने अवस्था अज्ञात नै रहेको छ । इसनाथ नगरपालिकाको बन्जाराहा तर्फबाट गौर आउदै गरेको डुगा दुर्घटना भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);