काठमाडौं, १६ भदौ । एशिया कप छनोट अन्तर्गत नेपालले मलेसियालाई एक सय ८९ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा झारीएको खेलमा एक सय ८८ रन बनाएको छ ।
नेपालले १८ रन हुँदा पहिलो विकेट गुमाएको हो । ओपनर सुवास खकुरेल ९ रनमा आउट भए । त्यसपछि ३८ रन बनाउदा नेपालले अर्को विकेट खेर फालेको हो । यसपटक ज्ञानेन्द्र मल्ल ११ रनमा पेभेलियन फर्किए । एकपछि अर्को विकेट गुमाएको नेपालका कप्तान पारस खड्का १३ रनमा आउट हुँदा नेपालले ५६ रनमा तेस्रो विकेट गुमाएको हो ।
कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ५४ रन बनाए । तर नेपालको स्कोर एक सय ६१ रन हुदा लगातार दुई विकेट गमायो । आरिफ शेखले भने नेपालका लागि उत्कृष्ट ब्याटिङ गरे । दिपेन्द्रसंग एक सय एक रनको साझेदारी गरेका आरिफले अविजीत ६४ रन बनाएका छन ।
एसिया कप छनोटका सुरुका दुई खेलमा लगातार पराजित भएको नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।