किन आए राहुल ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

किन आए राहुल ?

rahul gandhi

काठमाडौं, १६ भदौ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पशुतिनाथ क्षेत्रमा धर्मशाला उद्घाटन गर्नुभन्दा एक घन्टाअघि भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आए।

बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका मोदीलाई पछ्याउँदै पशुपतिनाथ र मानसरोवर दर्शनका लागि राहुलबाट भएको यो यात्रा संयोगमात्र होइन। भारतमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा हिन्दु धर्मको पवित्र तीर्थस्थल दर्शनक्रममा राहुलको काठमाडौं यात्रा अर्थपूर्ण छ।

भारतमा सन् २०१९ मेभित्र हुने १७ औं लोकसभा चुनावको तयारी भइरहँदा त्यहाँ धर्मको विषयले निकै महत्व पाइरहेको छ । हिन्दुवादी नेताको परिचय बनाएका प्रधानमन्त्री मोदीले सन् २०१४ मा भएको १६औं लोकसभाको चुनावमा हिन्दु धर्मावलम्बीको मतले जित हासिल गरेको विश्लेषण भारतभित्र र बाहिर भइरहेको छ।

भारतीय जनता पार्टीले लोकसभाका लागि भएको चुनावमा इतिहासमै नपाएको सफलतासहित बहुमत पाएको थियो। मोदीले धर्म संस्कृति रक्षाको मुद्दालाई प्राथमिकतामा राखेका थिए। धर्म निरपेक्षको विचार बोकेको विपक्षी कंग्रेस आईलाई धर्म विरोधीका रुपमा मोदीले चित्रण गर्दै आएका छन्। यसबाट मोदीलाई फाइदा पुगिरहेको छ।

राहुल भाजपाको यही अस्त्रलाई निस्तेज पार्न चाहन्छन् । राहुललाई कंग्रेस आईका तर्फबाट आगामी प्रधानमन्त्रीका रुपमा हेरिएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);