बाढीका कारण मोरङको सिङगियाखोला आसपासको सुकुम्बासी बस्तीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाढीका कारण मोरङको सिङगियाखोला आसपासको सुकुम्बासी बस्तीमा क्षति

केदार कोइराला
विराटनगर, १५ भदौ । गत बिहीबार आएको अविरल वर्षपछि विराटनगर सिङगीयाखोला आसपासमा बस्दै आएका सुकुम्वासी वस्तीमा क्षति पुगेको छ ।

बाढीले सुकुम्वासी वस्तीका २० घर बगाएको छ भने १ सय ६५ भन्दा वढी घर डुवानमा परेका छन् । वाढीबाट विस्थापित भएका सुकुम्वासी अहिले सडक छेउछाउमा पाल टाँगेर बसोबास गर्न वाध्य छन् ।

बर्षा सुरुभएसँगै हरेक वर्ष तराईमा डुबानको समस्या व्यापक रुपमा हुने गर्दछ । त्यस्तै गत बिहीबार पनि अविरल बर्षासँगै विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा स्थित सिङगीया खोलामा आएको वाढीका कारण खोला आसपास बस्दै आएका सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

वाढीले सुकुम्वासी वस्तीका करिब २० घर बगाएको छ भने १ सय ६५ घरमा पूर्ण क्षति पुगेको छ । वाढी पीडितहरु अहिले राहातको पर्खाइमा सडक छेउछाउमा अस्थाई पाल टाँगेर बसोबास गरिरहेका छन् ।

वाढी पीडितलाई अहिले स्थानीय समाजसेवीले खाना तथा बसोबासको प्रबन्ध मिलाएका छन् । तर, स्थानिय सरकार भने विमस्टेक सम्मेलनमा मस्त भईदिदा वाढी पीडितहरु थप समस्या झेल्न बाध्य छन् ।

गत वर्ष पनि यस शुकुम्वासी बस्तीमा वाढीले ठुलो क्षति पुरयाएको थियो । वाढी पीडित हरुको पूर्नस्थापनाको लागि भन्दै स्थानिय सरकारले गत वर्ष ४ करोड बजेट विनियोजन गरेको थियो ।

तर, स्थानीय सरकारले छुट्याएको वजेट समयमा खर्च हुन नसक्दा त्यतिकै फ्रिज भएर गएको थियो । यदी सरकारले बेलैमा बजेटको सदुपयोग गरी बजेट वाढी पिडितका लागि खर्च गरेको भए यस वर्ष यसरी शुकुम्वासीहरु वस्तीहरु डुवान नपर्ने स्थानीयहरुको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);