बिमस्टेक सदस्य राष्ट्रहरुबीच विद्युत प्रशारणलाइन सञ्जाल निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार बसेको पराराष्ट्र मन्त्रीस्तरीय बैठकले प्रसारण लाइन सम्बन्धि समझदारी पत्र अनुमोदन गरेपछि बिमस्टेक शिखर सम्मेलनमा पेश भएको थियो ।
उक्त समझदारीपछि बिमस्टेक राष्ट्रहरुबीच बिजुली आदान प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारणलाइनको सञ्जाल निर्माणको बाटो खुल्ने बिश्वास गरिएको छ । ग्रीड कनेक्टिभिटी बारे समझदारीपत्रमा बिमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीहरुले हस्ताक्षर गरेका हुन ।
यो समझदारी कार्यान्यवन भएमा एक देशबाट अर्को देशमा ग्रीडहरु जोडिने छन् । यसबाट क्षेत्रीय स्तरमा विद्युत खरिद–बिक्रीका लागि बाटो खुल्नेछ । यसअघि सार्क राष्ट्रहरुबीच पनि यस्तो समझदारी भइसकेको छ । बिमस्टेक तहमा यस्तो समझदारी भएमा नेपालले म्यान्मार हुँदै थाइल्याण्डसम्म पनि विद्युत बेच्नका लागि पहुँच पाउने अवस्था बन्नेछ ।