काठमाडौं, १४ भदौ । वहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडीको प्रयास (विमस्टेक) शिखर सम्मेलन आजवाट काठमाडौमा सुरु हुदैछ ।
शान्ति, समृद्ध र दिगोतर्फ वंगालको खाडी नारासहित सुरु हुने सम्मेलनको बुधबार वसेको मन्त्रीस्तरीय बैठकले घोषणापत्र तयार गरेको छ । बैठकले विमस्टेक उर्जा ग्रिड निर्माणसम्वन्धि घोषणापत्रमा हस्ताक्षर गर्ने विषय समेत अनुमोदन भएको छ । सम्मेलनमा भाग लिन भारत र थाइल्याण्डका प्रधानमन्त्री आज नेपाल आउदै छन् ।
अन्य राष्ट्रका राष्ट्रप्रमुख यसअघिनै नेपाल आइसक्नु भएको छ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सरकारले जनाएको छ । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।




