पौडेल र सिटौलाबीच फाटो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पौडेल र सिटौलाबीच फाटो

paudel sitaula

काठमाडौं, १४ भदौ । काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ ।

अविश्वासकै कारण सिटौलाले आप्ःनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् । अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो सकेत दिएका हुन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्धारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौति विषयक कार्यक्रममा सिटौला पक्षीय नेता कार्यकर्ताको मात्रै उपस्थिती थियो ।

केन्द्रीय सदस्य गगन थापा प्रदीप पौडेल, शिव हमागाईसहित आफु पक्षीय सांसद जिल्ला कार्यसमिति सभापतिसहितका नेता कार्यकर्तामाझ सिटौलाले तेस्रो समुह अव पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।,

आफ्नै समुहलाई क्रियाशील बनाउने अभियानमा जुटे सिटौला
सिटौला चुनावी मैदानमाा थिए । पहिलो चरणमा ५१ प्रतिशत नआएपछि दोस्रोपटक सबैभन्दा बढी मत ल्याउने देउवा र पौडेलबीचको प्रतिस्पर्धामा सिटौलाले देउवालाई सघाए । त्यही समयदेखि गहिरिएको अविश्वास संसदीय निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि सभापति देउवाको पार्टी सञ्चालन र भुमिकाको विरोध गर्न एउटै कितमा जोडिएका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);