चीनमा सन्तान जन्माउने नयाँ नीति आउँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

चीनमा सन्तान जन्माउने नयाँ नीति आउँदै

China-Kids

एजेन्सी, १३ भदौ । चीन सरकारले सन्तान जन्माउने नीति र परिवार नियोजन सम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने तयारी गरेको छ । यसका लागि कानुनको नयाँ मस्यौदा बनाएको छ ।

सो कानुन पारित भएपछि एक सन्तान नीति र सन् २०१६ पछि बढिमा २ जना सन्तान मात्रै जन्माउने व्यवस्था गरिएको थियो । सो व्यवस्था अब हट्ने छ ।

विश्वको सबैभन्दा बढि जनसंख्या भएको चीनमा सन्तान जन्माउने नीति र परिवार नियोजन सम्बन्धी प्रावधानमा परिवर्तन गरिने तयारी भैरहेको छ । बदलिदो परिवेशमा पुरानो नीतिमा परिवर्तनको आवश्यकता महसुश गरि नयाँ कानुन बनाउन मस्यौदा तयार पारिएको छ ।

२०२० मा मात्र नीति पारित हुने
परिवार नियोजन सम्बन्धी नयाँ प्रावधान सहितको कानुनको सो मस्यौदा सन् २०२० मा चीनको राष्ट्रिय जनकांग्रेसमा मतदान गरि पारित गराउने तयारी रहेको चीनियाँ सरकारी विज्ञप्ती मार्फत जनाइएको छ ।

भिडियो हेर्नुहोस् :

वर्तमान परिवार नियोजन सम्बन्धी कानुनमा बहुसंख्यक चिनियाँ दम्पतिले दुई मात्रै सन्तान जन्माउँदै आएका छन् । त्यसोत चीनमा कम्युनिष्ट पार्टिले सन् १९७९ मा एकमात्र सन्तान जन्माउन पाउने र त्यो भन्दा बढी सन्तान जन्माएमा कारबाही गर्ने प्रावधान कडाइका साथ लागु गराएको थियो ।

जनसंख्या अहिले १ अर्ब ४१ करोड
चीनमा जनसंख्या बढ्दै गएपछि यस्तो कडाई गरिएको हो । चीनको जनसंख्या अहिले १ अर्ब ४१ करोड नाघेको छ । एक सन्तानको नीति प्रभावकारी भएपछि सन् २०१६ मा त्यसमा परिमार्जन गरि जनआवश्यकतालाई ध्यानमा राखि दुई सन्तान जन्माउन पाउने छुट प्रधान गरिएको थियो ।

चिनियाँ समाजमा लैगिंक र जनसंख्या असन्तुलन बढेपछि नयाँ नीति ल्याउन दबाब बढेको हो । कम सन्तान जन्माउने नीतिका कारण दुई भन्दा बढि सन्तान नजन्माउने संस्कार बढेपछि अब धेरै सन्तान जन्माउन चिनियाँ समाजमा गाह्रो मान्न थालेका छन् ।

विज्ञहरुले बढि सन्तान जन्माउन कानुनले मात्र नहुने भन्दै अरु तरिकाबाट धेरै सन्तान जन्माउन चिनियाँ समाजलाई प्रेरित गर्ने प्रावधानको व्यवस्था मिलाउन सुझाब दिएका छन् ।

ताजा समाचार