महाअभियोग लगाएर इरानका अर्थमन्त्रीलाई बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

महाअभियोग लगाएर इरानका अर्थमन्त्रीलाई बर्खास्त

एजेन्सी, ११ भदौ । इरानको संसदले अर्थमन्त्री मसुद कर्वासियालाई पदमुक्त गरेको छ । उनलाई आर्थिक संकटग्रस्त इरानमा कर नियमन तथा बैंकिङ प्रणाली व्यवस्थित गर्न नसकेको आरोपमा महाभियोगबाट बर्खास्त गरिएको हो ।

गत ८ अगस्तमा श्रममन्त्री अली रबेईलाई महाभियोग लगाएर पदमुक्त गरेको एक महिना नपुग्दै फेरी आर्थिक संकटग्रस्त इरानमा कर नियमन तथा बैंकिङ प्रणाली व्यवस्थित गर्न असफल भएको आरोपमा अर्थमन्त्री मसुद कर्वासियालाई महाभियोगबाट बर्खास्त गरिएको छ ।

संसदमा अर्थमन्त्री कर्वासियाको पक्षमा १ सय २१ र विपक्षमा १ सय ३७ मत परेको थियो । इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग भएपछि लगाइएको दोस्रो आर्थिक प्रतिबन्धपछि इरानमा आर्थिक संकट बढ्दै गएको छ ।

इरानको सरकारले बढ्दो महंगी र इरानी मुद्रा रियालको गिरावटलाई नियन्त्रण गर्न कठिन भएको बताइरहँदा कट्टरपन्थी र सुधारवादी दुबै समुहले सरकारको आलोचना गर्दै आइरहेका छन् । बढ्दो महंगी र इरानी मुद्रा रियालको गिरावटले आक्रोशित जनताहरुले राजधानी तेहरानमा गत जुन महिनामा विरोध प्रदर्शन गरेका थिए ।

सन् २०१२ पछि यो दोश्रो सबैभन्दा ठूलो जनप्रदर्शन हो । सन् २०१२ मा परमाणु गतिविधिका कारण अन्तर्राष्ट्रिय स्तरबाट इरानमा प्रतिबन्ध लगाइएपछि इरानको अर्थव्यवस्था निरन्तर खस्किरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);