यस्तो छ विमिस्टेक सम्मेलनमा भिभिआइपी आगमनको तालिका | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८१, बुधवार

यस्तो छ विमिस्टेक सम्मेलनमा भिभिआइपी आगमनको तालिका

bimstec sammelan

फूलमाया आले
काठमाडौ, ११ भदौ
। यही भदौ १४ र १५ गते हुने विमस्टेक सम्मेलनका लागि ६ देशका राष्ट्र प्रमुख र सरकार प्रमुख १३ गते साँझसम्म आइसक्ने भएका छन् । सवैभन्दा पहिले म्यानमारका राष्ट्रपति विन माइन्ट नेपाल प्रवेश गर्नेछन् । तालिका अनुसार थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा सवैभन्दा अन्तिममा आइपुग्ने छन् ।

विमिस्टेकको चौथो शिखरसम्मेलनका लागि आउने ६ देशका सरकार र राष्ट्र प्रमुखहरु नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् । श्रोतका अनुसार सबैभन्दा पहिले म्यानमारका राष्ट्रपति युविन मिन्टले नेपालमा पाइला टेक्नेछन् । उनको विमानस्थल अवतरण समय १२ गते दिउँसो २ः४५ बजे छ ।

१३ गते भुटान र श्रीलंकाका प्रमुखहरुको आगमन हुनेछ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे शिखर सम्मेलनमा सहभागी हुने भनिए पनि त्यहाँ प्रधानमन्त्रीकै लागि निर्वाचन भइरहेकाले उनि नआउने बताइएको छ । निर्वाचन ताका अन्तरिम सरकारका प्रमुख प्रधानन्यायाधिस रहने व्यवस्था अनुरुप प्रधानन्यायाधिस दोसो छिरिङ तोब्गे आउने तालिका छ । उनि १३ गते बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन । त्यही दिन दिउँसो २ः३५ बजे श्रीलंकाका राष्ट्रपति मात्रीपला सिरिसेना नेपाल अवतरण हुने तालिका छ ।

बाँकी भारत, बंगलादेश र थाइल्याण्डका सरकार प्रमुखहरु भने बैठक सुरु हुने दिन १४ गते नै बिहान काठमाडौ आइपुग्ने तालिका छ । त्यसदिन बिहान ८ बजे देखि १० भित्र तिनै देशका प्रधानमन्त्रीहरु अवतरण हुनेछन् । त्यस दिन बिहान सवैभन्दा पहिले ८: १५ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ ओर्लने छन् भने त्यसपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिना अवतरण हुने कार्यतालिका छ ।

श्रोतका अनुसार सबैभन्दा अन्तिममा भने थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा नेपाल आइपुग्ने तालिका छ । बुधबार परराष्ट्रमन्त्री स्तरीय बैठक हुने भएकोले त्यसका लागि मङ्गबार सबै राष्ट्रका परराष्ट्रमन्त्रीहरु नेपाल आइपुग्ने जनाइएको छ ।

सबै भिभिआइपीहरुको आगमन भइसकेपछि १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गर्ने कार्यक्रम छ । दिवाभोज पश्चात शिखर सम्मेलनको प्रारम्भ हुनेछ । १५ गते शिखर सम्मेलन सम्पन्न गरिनेछ । मन्त्रालयका अनुसार सम्मेलनमा सहभागी सबै पाहुनालाई सोल्टी होटलमा राखिने छ ।

सम्मेलनका क्रममा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला र म्यानमारका प्रधानमन्त्री युवीन मिन्टले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन गर्ने र पशुपतिस्थित धर्मशाला उद्घाटन गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);