किरातीको ढ्वाङ्कुमो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

किरातीको ढ्वाङ्कुमो

kalakar

ललितपुर, ११ भदौ । किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे, युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल, नयाँबस्तीमा ढ्वाङ्कुमो चाडको अवसरमा किरात वाम्बुले राईहरू नाच प्रदर्शन गर्दै ।

त्यसैमा मिसिए, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ श्रवण मुकारुङ, कवि व्याकुल माइला लगायत । उपत्यकामा बसोबास गरिरहेका ओखलढुंगा र खोटाङका वाम्बुले राईहरूले दुई दशकदेखि सामूहिक रूपमा यो चाड मनाउँदै आएका छन् । ढ्वाङ्कुमोकै अवसरमा किरात वाम्बुले राई समाजले आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा एउटा समारोह गर्‍यो ।

‘बाहुनक्षेत्रीले जनैपूर्णिमा, नेवारले क्वाँटी पूर्णिमा, किरातीले ढ्वाङ्कुमो पूर्णिमा भनेर मनाउँदा रहेछौं,’ उपकलुपति घिमिरेले भने, ‘आज एकै दिन तीनै थरीले तीन वटा हिसाबले चाड मनाउनुमा नेपालको सांस्कृतिक सौन्दर्य लुकेको छ ।’ कलाकारहरू बडाजित, विष्णु माइला, जीवन, भुवन, मोतीलाल, दिलकला, जीवनकुमारी, अरुणा र अम्बिका राईले मादल, बाँसुरी बजाएर राम्दले भाकाको गीत वाम्बुले भाषामै प्रस्तुत गरे । मौलिक पहिरनले आकर्षण दिइरहेको थियो । पुरुषले दौरा सुरुवाल र शिरमा वाम्बुले ढाका टोपी, महिलाले गुन्युचोली र सुनौला गरगहना झपक्कै पहिरिएका थिए ।

संस्थाका अध्यक्ष गजुरधन राईका अनुसार, ओखलढुंगाको उँबुगाउँको ढाङकुमटारलाई वाम्बुले राईको उद्गम थलो मानिन्छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पूजा गरिन्छ । त्यहाँ मुन्धुम विधिअनुसार ढवाङकुमो मनाइन्छ ।

त्यसका अलावा खोटाङ, उदयपुरको कटारी, सुनसरीको धरान र बेलायतमा समेत ढ्वाङकुमो चाड धुमधामसाथ मनाउने गरिन्छ । समारोहमा ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धनबहादुर याक्खालाई विशेष सम्मान गरियो । मूर्तिकारहरू शिव न्यौपाने, नीराजन मानन्धर, इन्दिरा श्रेष्ठ, नरेश थुलुङ, रञ्जित थापामगर र गणेशबाबु पनि सम्मानित भए । कान्तिपुरबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);