दाजुभाईको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाजुभाईको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै

सप्तरी । दाजुभाईको दीर्घायुको कामना गर्दै दिदीबहिनीले कार्तिक पूर्णिमाको दिन भाेलि २ मंसिर (बिहीबार) सामाचकेवा खेल्दैछन् । तराई मधेश क्षेत्रका दिदीबहिनीले सामाचकेवा खेल्न सामा, चकेवा, भमरा सातभैया, चुग्ला, वृन्दावनलगायत माटोको मानव आकृति बनाई खेल्ने सामग्री तयार पारीसकेका छन् ।

राजविराज-१ कि २५ वर्षीया सुनिता रजकले सामाचकेवा खेल्नका लागि दुई दिनअघि नै आवश्यक सामग्री बनाई रंगरोगन गरिसकेकाे बताइन । उनी भन्छिन्, ´चढाउने सामग्री चिउरा, फलफुल, दही, चिनी किनीसकेकी छु। एक हप्ताअघिदेखि नै साँझको खाना खाइसकेपछि वल्लो घर र पल्लो घरका छिमेकीहरू एकै ठाउँमा बसेर दाजुभाईलाई आशिष दिँदै गीत गाउने गरिरहेका छौँ ।`  राजविराज नगरपालिका-६ की रमिला साहका अनुसार समाचकेवा मुख्य दिन भने भाेलि कात्तिक पूर्णिमा हाे ।

उनले थपिन्,´यो पर्व दाजुभाई दिदीबहिनीबीच अटुट प्रेम स्थापना गर्ने माध्यम समेत हाे ।` राजविराज नगरपालिका-८ की रूपा चौधरीले थारू समुदायले सामाचकेवा १५ दिन अघि बनाउने र प्रत्येक दिन रातिराति  सबैले बनाएको सामाचकेवा एकै ठाउँमा आँगनमा राखेर छिमेकीहरू एक ठाउँमा भेला भई दाजुभाईको दीर्घायूको लागि गीत गाउन र रमाइलो गर्ने चलन छ।

कात्तिक पूर्णिमाका दिन पूजापाठ गरी विधिवत रूपले पोखरी, तलाउ, नदीमा सेलाउने चलन रहेको उनले बताइन् । उनले थपिन्,´माटोले बनाएको मुर्तिमध्ये चुग्ली गर्ने चुग्लालाई आगो लगाई जलाइन्छ । खरले बनाइएको बृन्दा वनमा आगो लगाएर दाजुभाईले निभाउँदै छ भन्ने गीत गाउँदै समापन गरिन्छ।’

त्यही स्थानमा सबै साथीसंगी मिलेर दही चिउरा, मिठाइँ बाँडेर प्रसादको रूपमा खाई फर्किने चलन छ। यो चाड मधेशका  समुदाय र थारूको संस्कृति र पहिचानसँग समेत जाेडिएकाे चौधरीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);