काठमाडौं, ९ भदौ । सरकारले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनालाई लियर उत्तेजक गतिविधिमा नलाग्न सबैलाई अनुरोध गरेको छ । कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ ।
शुक्रबार सांझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सरकारले जिम्मेवारी बोध गरेर छानविन प्रक्रिया अघि बढाईरहेको अवस्थामा स्थितिलाई उत्तेजक बनाउने काम भईरहेको बताएको छ । कंचनपुरको महेन्द्रनगरमा भएको घटना छानविन गर्न नेपाल सरकारले छानविन समिति बनाईसकेको, सुरक्षा निकायका कतिपय जिम्मेवार कर्मचारीलाई फिर्ता बोलाईसकेको र स्थितिप्रति गम्भीर भएर चिन्ता राख्दै आवश्यक कदम चालेको पनि सरकारले स्पष्ट पारेको छ ।
परिस्थ्तििलाई थप उत्तेजक बनाउन विभिन्न तत्वहरुले काम गरिरहेको प्रति दुख व्यक्त गर्दै बैठकले देशै भरीका विभिन्न जघन्य अपराध प्रति गम्भीर बन्दै दोषिहरुलाई कारवाही गर्ने प्रतिवद्धता पनि जाहेर गरेको छ ।
पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दे कंचनपुरमा दैनिक जसो प्रदर्शन हुदै आएको छ । शुक्रबार प्रहरीको गोली लागि एक जनाको मृत्यु भएपछि सरकारले संयम हुन सबैलाई आग्रह गरेको हो ।