बागमतीमा थपिए एक लाख २९ हजार सवारीसाधन | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

बागमतीमा थपिए एक लाख २९ हजार सवारीसाधन

bagmati yatayat

काठमाडौं, ८ भदौ । बागमती अञ्चलमा एकै बर्षमा एक लाख २९ हजार सवारीसाधन थपिएका छन् । यातायात व्यवस्था विभागका अनुसार आर्थिक बर्ष २०७४/७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका हुन् ।

काठमाडौं उपत्यकामा बर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको छ । बागमती अञ्चलमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र सानाठूला सवारी २५ हजार १ सय १३ थपिएका हुन् ।

आव २०७३/७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);