क्यान महासंघले काठमाडौँमा मेलाको आयोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

काठमाडौँ, ६ भदौ । मुलुकमा सूचना तथा सञ्चार क्षेत्रको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले क्यान महासंघले काठमाडौँमा विशेष मेलाको आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले यही भदौ २९ गते देखि असोज १ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना तथा प्रविधि प्रदर्शनी मेलाको आयोजना गर्न लागेको जानकारी गराएको हो । ’सुबिसु क्यान कमटेक २०१७’ नाम दिइएको मेलाको उद्देश्य विकसित देशहरुमा भएको सञ्चारको विकासलाई नेपालमा भित्र्याउने तथा प्रर्वद्धन गर्ने रहेको क्यान महासंघका अध्यक्ष इन्जिनियर विनोद ढकालले बताएका छन् ।

८७ वटा स्टल रहने प्रदर्शनीको मिडिया पार्टनर माउण्टेन टेलिभिजन रहेको छ । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा सर्वसाधारहरुको प्रवेश शुल्क ५० रुपैया तथा विद्यार्थीहरुलाई २५ रुपैया राखिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);