कार्यविधिको मस्यौदा तयार पार्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

कार्यविधिको मस्यौदा तयार पार्न उपसमिति गठन

sadan

काठमाडौं, ७ भदौ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिले कार्यविधिको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले समितिको आफ्नै कार्यविधिको मस्यौदा तयार पार्न कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र शशी श्रेष्ठ रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिको कार्यविधिको मस्यौदा तयार पार्न ३ सदस्यीय उपसमिति गठन गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । उपसमितिलाई ५ दिन भित्र कार्यविधिको मस्यौदा तयार पारी समितिमा पेश गर्ने कार्यादेश दिइएको छ ।

बैठकमा समितिका सदस्यहरुले कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । समितिका सदस्य एवम् पूर्व सभामुख सुवास नेम्वाङले कानुन निर्माणको कामलाई तीव्रता दिनुपर्ने भएकाले समितिले कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिए । उनले विगतका अभ्यास र अन्य समितिको कार्यविधिलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि बनाउनुपर्ने बताए ।

समितिका अर्का सदस्य देवप्रसाद गुरुङले राष्ट्रिय मानव अधिकार आयोग र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्श गरेर समितिको कार्यविधि बनाउन उपयुक्त हुने सुझाव दिए ।

समितिका सदस्य गुरुङले समितिको कार्यविधि तय गर्दा अदालत र समितिको क्षेत्राधिकारमाथि विवाद आउन दिन नहुनेतर्फ पनि सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);