सर्वोच्चले तयार पार्‍याे गोलाप्रथाद्वारा मुद्दा हेर्ने कार्यविधि मस्यौदा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सर्वोच्चले तयार पार्‍याे गोलाप्रथाद्वारा मुद्दा हेर्ने कार्यविधि मस्यौदा

काठमाडौं । सर्वोच्च अदालतले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको एउटा एजेन्डा बनेको गोलाप्रथाको मस्यौदा तयार भएको भन्दै जबराले फुलकोर्ट बैठक डाकेर पारित गर्ने तयारी थालेका छन् । 

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको एउटा समितिको सिफारिसअनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा-२०७८ नाम दिइएको छ ।गोलासम्बन्धी कार्यविधिको मस्यौदाको परिच्छेद ५ मा गोला तान्नेसम्बन्धी विधि उल्लेख गरिएको छ । गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिने उल्लेख छ । 

यस्तो गोटीलाई अपारदर्शी थैलीमा राख्ने र वरिष्ठताका आधारमा सबै न्यायाधीशले थैलीबाट एक-एकवटा गोटी तान्नुपर्नेछ । जुन गोटीको निगरानी सीसीटिभीले गर्ने कार्यविधि मस्यौदामा उल्लेख छ । यस्तो गोटीलाई पेसी व्यवस्थापनमा खटिएका कर्मचारी र सूचना प्राविधिकले सम्बन्धित न्यायाधीशको इजलासमा र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गर्नेछन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);