काठमाडौं, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । र यो सरकारसँग थुप्रै आशा गरिएको छ । सरकारले करिब पाँच महिना पुगे पछि आफुले गरेको कामको झन्नै ७५ पृष्टको विवरण सार्बजनिक गरेको छ । तर, मानिसहरुले त्यो विवरण पत्याएका छैन । विवरण लामो तर काम चाहिँ छोटो भनेर उनीहरुले टिप्पणी गरेका छन् । सरकारले यसरी विवरण सार्बजनिक गरिरहँदा गाँउगाँउमा चाहिँ मानिसहरु सिंहदरबार सिंहकै रुपमा गाँउमा प्रवेश गर्यो भनेर टिप्पणी गरिरहेका छन् । विशेष गरि करक विषयलाई लिएर उनीहरुले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको बचाऊ भएन भनेर दुखेसो पोखेका छन् । नेकपाको नेतृत्वमा बनेको सरकार दुखेसो पोख्ने ठाउँमा किन पुग्यो ? जनताले आशा गरे अनुसार काम गर्न सरकारले किन आफ्नो कदम किन बढाउन सकेन ? नेकपाको अन्तरिक राजनीति कस्तो स्थितिमा छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता लेखनाथ न्यौपानेसँग गरेको कुराकानी हेर्नुहोस् :




