तरकारीमा सिन्डिकेटः अनुगमनकर्ता नै नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

तरकारीमा सिन्डिकेटः अनुगमनकर्ता नै नियन्त्रणमा

kalimati

काठमाडौं, ५ भदौ । वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए ।

टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो ।  नपाएपछि नियन्त्रणमा लियो । लगत्तै ब्यापारी भेला भए र विरोध गर्न थाले । त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए । तरकारी विग्रिन्छ, खुला गरिदिनुस भन्दै व्यवासयी भेला भए, टोलीका संयोजक दीपक पोखरेलले भने, कारवाही अघि बढाउँछौँ भन्दा नाराजुलुस गरे ।

व्यापारीहरुले अनुगमन गर्न पाइँदैन सरकारी टोली मुर्दाबाद भन्दै नारा लगाएका थिए ।, आजको कान्तिपुर दैनिकमा खवर छ ।