सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने सञ्चारमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने सञ्चारमन्त्रीको घोषणा

gokul baskota

काठमाडौं, ४ भदौ । सरकारले सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्नेगरी यसै वर्षबाट बजेटको व्यवस्था गरिएको स्पष्ट पारे ।

विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई दक्ष बनाउन आवश्यक प्रशिक्षण सहितको कार्यक्रम सञ्चालन हुने गरी संचारग्राम स्थापना गर्न लागिएको समितिलाई जानकारी दिए । उनले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

बैठकमा समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै नागरिकको पहुँचमा पुग्ने गरी सूचना प्रविधिको विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य टोपबहादुर रायमाझीले दुर्गम भेगमा पनि नेटवर्क आउने गरी टेलिफोनको व्यवस्था गर्न मन्त्री बाँस्कोटको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);